काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कसैप्रति आग्रहपूर्वाग्रह नरहेको बताउनुभएको छ ।
आफू काममा व्यस्त भएकाले सबैलाई फोन गर्न नभ्याएको बताउँदै उहाँले आफ्नो कसैप्रति आग्रहपूर्वाग्रह नहरेको बताउनुभएको हो ।
विगतमा पनि संसदको बलले नै प्रधानमन्त्रीको हैसियतामा रहेकाले फेरि पनि यही हैसियत पाउने उहाँले बताउनुभयो ।
‘यो संसदले मलाई निर्वाचित गरेको हो । यो संसदको बलले तीन वर्षभन्दा बढी सभामुख महोदय प्रधानमन्त्रीको हैसियतामा म रोस्टममा उभ्भिएको छ । यही संसदको बलले म प्रधानमन्त्रीको हैसियतमा रहन्छु भन्ने आशा छ,’
सोमबार प्रतिनिधिसभामा आफ्ना लागि विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रतिक्रिया