काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले आफ्नो काम बिगार्ने र दोष अरूलाई थोपर्न नपाइने बताउनुभएको छ ।
आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफलमा बोल्दै उहाँले प्रतिपक्षले दुई तिहाइको सरकारलाई सहयोग समर्थन गर्दा आफू आलोचित हुनु परेको बताउनुभयो ।
कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले प्रभावकारी काम गर्न नसकेको देउवाको भनाइ छ ।
‘समयमा कोभिडको खोपको व्यवस्था गर्न सकेन । फलस्वरूप नेपाल विश्वमा नै कोभिडको उच्च जोखिममा रहेको देशको रूपमा रहेको छ,’ देउवाले भन्नुभयो, ‘यो सबै सरकारको तयारी नभएरै हो । ’
प्रतिक्रिया