अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य


पोखरा- गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन उहाँले आइतबार नै राजीनामा दिएपछि छलफल गर्न आवश्यक नभएपछि अन्त्य गरिएको हो ।

प्रदेश प्रमुखको कार्यालयबाट विशेष अधिवेशन आजै १० बजेबाट अन्त्य भएको पत्र प्राप्त भएको प्रदेशसभाका सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख पौडेलले तीन दिनभित्र दललाई नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरिसक्नुभएको छ ।