भक्तपुर- भक्तपुरमा टिपरको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ।
आइतबार राति साढे १० बजे सुर्यबिनायक नगरपालिका ६ स्थित अरनिको राजमार्गमा लु २ ख ४५८८ नम्बरको टिपरले वागमती प्रदेश ०२-०२४ प १६८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा जगातीका ४० वर्षीया राजाराम सुवाल गम्भीर घाइते हुनु भएको थियो ।
उहाँको उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा सोमबार दिउँसो मृत्यु भएको हो । घटनालगतै उहाँलाई डा. ईवामुरा अस्पताल सल्लाघारी भक्तपुर लगिएको थियो ।
आइतबार राति नै उहाँलाई अन्नपूर्ण रिफर गरिएको थियो । टिपर चालक लमजुङ बेशीशहर गाँउपालिका-११ का ३५ वर्षीय टार्जुन गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया