काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कहिले-कहिले देशको आवश्यकता एकातिर संसदीय गणित अर्कोतिर हुने बताउनुभएको छ ।
आफूले राखेको विश्वास मतका बारेमा उठेका प्रश्नहरूको जवाफ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
तथ्य र आवश्यकताका आधारमा संविधान संसोधन हुन सक्ने उहाँले बताउनुभएको छ । ‘देशको आवश्यकता र जनताको चाहना अनुसार संविधान संसोधन हुन्छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले अहिले देशलाई कलह र वैमनस्यमा लैजाने बेला नभएको समेत बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिले देश कोभिडको महामारीमा भएका बेला राजनीतिक दलहरूमा मतभेद हुनु ठीक नभएको बताउनुभयो ।
विगतमा आफूले अरू नै प्रसंगमा भनेका कुराहरूलाई तोडमोड गरेर केही व्यक्तिहरूले भ्रम फैलाएको उहाँको भनाइ छ ।







प्रतिक्रिया