काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा बनेको छैन भन्नु भ्रम फिजाउने कुरा भएको बताउनुभएको छ ।
संसदमा बोल्दै उहाँले धरहरा बनिनसकेको भए म कसरी टुप्पामा पुगेर उद्घाटन गरे भनेर प्रश्न गर्नुभएको छ । सांसदहरूलाई धरहरा बनेको छैन भनेर भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
‘माननीज्यूहरू धरहरा बनेको छैन भनेर अलमल नपर्नुहोस् भोलि गएर लिफ्ट चढेर टुप्पामा पुग्नुहोस् ।’
यसअघि, प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णरूपमा निर्माण नहुँदै सरकारले किन हतारमा धरहरा उद्घाटन गरेको भन्दै प्रश्न गर्नुभएको थियो ।







प्रतिक्रिया