अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वास गुम्यो

प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वास गुम्यो


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा विश्वासको मत गुमाउनुभएको छ ।

प्रतिनिधि सभाको विशेष अधिवेशनमा सोमबार भएको मतविभाजनमा प्रधानमन्त्रीको विश्वासको पक्षमा मत मात्रै परेको छ । विपक्षमा मत र तटस्थ मत रहेको छ ।

विश्वासको मतको पक्षमा ९३ र विपक्षका १२४ सांसदहरूले मतदान गरेका छन् । १५ जना सांसदहरूले पक्ष वा विपक्ष दुवैतर्फ मत दिएनन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा २३२ जना सांसद उपस्थित रहेका थिए । सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेको घोषणा गर्नुभयो ।

प्रधानमन्त्रीले संविधानको धारा १०० बमोजिम विश्वासको मत लिन चाहनुभएको थियो ।

सत्तारुढ नेकपा एमालेले प्रस्तावको पक्षमा मतदान गरेको थियो भने प्रमुख विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले विपक्षमा मतदान गरेको थियो । जसपाको महन्थ ठाकुर समूह भने तटस्थ बसेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक वैशाख ३० गते बस्ने भएको छ ।