अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलका मुख्य सचेतक भन्नुहुन्छ- ‘संसदीय इतिहासमा गम्भीर राजनीतिक घटना भयो’

एमाले संसदीय दलका मुख्य सचेतक भन्नुहुन्छ- ‘संसदीय इतिहासमा गम्भीर राजनीतिक घटना भयो’


काठमाडौं- नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले संसदीय दलको ह्वीप उल्लंघटन गम्भीर राजनीतिक घटनाकोरुपमा टिप्पणी गर्नुभएको छ ।

एमालेका २८ जना सांसदले प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन अनुपस्थित रहनुभएको थियो ।

‘पार्टीको निर्देशन उल्लंघन भनेको गम्भीर राजनीतिक घटना हो । हाम्रो संसदीय इतिहासमा नयाँ घटना हो । अनुपस्थित भएर विपक्षमा जानुालई गम्भीरतापूर्वक लिइन्छ,’ भट्टराईले भन्नुभयो, ‘पार्टी केन्द्रीय कमिटी, संसदीय दल र राजनीतिक दलसम्बन्धि ऐनमा भएको व्यवस्थाअनुसार अगाडि बढ्छौं ।’