काठमाडौं- गत २४ घण्टामा देशभर ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १७ हजार ६२३ र एन्टिजेन विधिबाट ७८८ जनाको परीक्षण गर्दा जम्मा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख नाघेको छ ।
सोमबार सम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ भने निको हुनेको संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ७ जना निको भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा १ सय ३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।







प्रतिक्रिया