काठमाडौं -जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै हुने बताउनुभएको छ ।
गएराती विज्ञप्ती जारी गर्दैठाकुरले भन्नुभएको छ ‘ सरकार निर्माण गर्ने,सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैकल्पिक सरकार गठनमा संलग्न हुने कुरा जसपा नेपालको उद्धेश्य विपरीत हो ।’
वैकल्पिक सरकार निर्माण कार्यमा लाग्नु देशमा अस्थिरता बढाउनु,मधेस आन्दोलनका एजेण्डा सम्बोधन अझै अनिश्चियतर्फ धेकेलिनु हो भन्ने ठाकुरको ठहर रहेको छ ।
ठाकुरले केपी शर्मा ओली नेतृत्वको सरकारले मधेसी,थारु,दलित,मुस्लिम ,सिमान्तकृत लगायतका मुद्धाहरु फिर्ता गर्ने काम गरेको स्मरण गर्नुभएको छ । ‘ मधेसी,थारु,दलित,मुस्लिम ,सिमान्तकृत लगायतका मुद्धा फिर्ता बन्दी रिहाइ,नागरिकता,संविधान संसोधन लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने लगायतका बिषयमा ’ ठाकुरको विज्ञप्तीमा भनिएको छ ‘जसपा नेपाल र केपी शर्मा ओली नेतृत्वको नेपाल सरकार बीच वार्ता तथा तदअनुसारको कार्य प्रगति सकारात्मक रुपले अगाडी बढी रहेको तथ्य सर्वविधितै छ । त्यस कारण वर्तमान अवस्थामा जसपा सत्ता प्राप्ती भन्दा राजनीतिक एजेण्डा स्थापना गर्ने कार्यमा लाग्दछ ।’
प्रतिक्रिया