अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री ओलीद्वारा महामारीविरुद्ध नेपाललाई साथ दिन धनी राष्ट्रहरुको संगठन जी-सेभेनलाई आग्रह

प्रधानमन्त्री ओलीद्वारा महामारीविरुद्ध नेपाललाई साथ दिन धनी राष्ट्रहरुको संगठन जी-सेभेनलाई आग्रह


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारीविरुद्ध नेपालको लडाइमा साथ दिन ठूला धनी राष्ट्रहरुको संगठन ९जी–सेभेन० लाई आग्रह गर्नुभएको छ ।
बेलायती अखबार द गार्जियनमा प्रकाशित आलेखमार्फत प्रधानमन्त्री ओलीले जतिसक्दो चाँडो कोरोनाभाइरस विरुद्धको खोपको आपूर्तिको व्यवस्था मिलाउन जी(सेभेनको वर्तमान अध्यक्ष बेलायतलाई आग्रह गर्नुभएको हो ।

‘मानव कल्याणको क्षेत्रमा अग्रणी र जी–सेभेनको वर्तमान अध्यक्षको नाताले बेलायतले खोपको समूचित विश्वव्यापी वितरणमा भूमिका खेलोस् भन्ने अपेक्षा नेपालले गर्छ’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘खासगरि, अत्यावश्यक मुलुकले खोप पाओस् भन्ने हाम्रो आशा छ ।’

बेलायतसँग नेपालको सदियौं पुरानो मित्रतापूर्ण सम्बन्ध रहेको र नागरिक स्तरमै गहिरो मित्रता भएको चर्चा गर्दै प्रधानमन्त्रीले भाइरसबाट सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने बताउनुभएको छ ।

महामारीले नेपालको स्रोत र पूर्वाधारमा पीडा दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खोप, परीक्षण किट्स, अक्सिजन उपकरण र अन्य स्वास्थ्य सामाग्री प्रदान गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्नुभएको छ ।

बढ्दो भाइरस संक्रमणले नेपालको स्वास्थ्य प्रणालीलाई चुनौति थपेको उल्लेख गर्दै प्रधानमन्त्रीले परिस्थितीलाई नियन्त्रणमा राख्न सरकारले भरमग्दुर प्रयास गरिरहेको पनि उल्लेख गर्नुभएको छ । अस्पतालमा बिरामीलाई शैय्या उपलब्ध गराउन पनि कठिन भएको जानकारी दिनुभएको छ ।

सगरमाथा संवाद स्थगित
भाइरस महामारीको कारण नेपालले आसन्न सगरमाथा संवाद स्थगित गर्नुपरेको बाध्यता आइलागेको समेत प्रधानमन्त्री ओलीले जानकारी गराउनुभएको छ । आसन्न जलवायु सम्मेलन कोप–२६० आयोजकको नाताले पनि बेलायतले जलवायु प्रभावित नेपालजस्ता मुलुकलाई आर्थिक सहायता र क्षमता अभिवृद्धिमा सहयोग गर्नुपर्ने माग गर्नुभएको छ ।

जलवायु परिवर्तनको कारण हिमनदी पग्लिँदा बाढी र सुख्खापन बढेको जानकारी दिँदै प्रधानमन्त्रीले सगरमाथा संवाद स्थगित गर्नुपरेको बाध्यता रहेको जनाउनुभएको हो ।

पर्वतारोहीलाई अक्सिजन दिलाउन शेर्पा समुदायले भूमिका खेलेपनि, आज तिनै शेर्पाहरुको देशलाई अक्सिजन अभाव भएकाले अक्सिजनको लागि मद्दत गर्न पनि ओलीले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले जतिसक्दो चाँडो जीवनदायी औषधी र खोप उपलब्ध गराउन विदेशी मित्रहरुलाई आग्रह समेत गर्नुभएको छ । महामारी र जलवायु परिवर्तन जुम्ल्याहा चुनौति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एकजुट भएर लड्नु नै समस्याको समाधान भएको उल्लेख गर्नुभएको छ ।