अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छः गोकुल बास्कोटा

माधव नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छः गोकुल बास्कोटा


काठमाडौं– पूर्वमन्त्री एवं एमाले नेता गोकुल बास्कोटाले वरिष्ठ नेता माधवकुमार नेपाललाई गल्ती सुधार गर्ने अझै एक मौका रहेको बताउनुभएको छ ।

फेसबुकमा मंगलबार बिहान एक पोस्ट गर्दै बास्कोटाले लेख्नुभएको छ, ‘कुखुराले फुल पार्दा गाउँ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन् त कोही कोही त। के जित्यौ ? हेक्का राखे हुन्छ त्यस्ताले, माछाले हजारौं फुल चुपचाप पार्छ। माधव नेपाललाई गल्ती सुधार्ने अझै एक अन्तिम मौका छ। कारबाहीको हतारो किन गर्नु र ? ज आफैं किल्लोर हुँदै गइहाल्छ नि भन्या ।’

माधव नेपाल समूहले प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत नदिएकोमा चौतर्फी आलोचना भएको छ ।

कुखुराले फुल पार्दा गाँउ हल्लने गरी हल्लाखल्ला मच्चाचाएझै जस्तो गर्छन त कोही कोही त।के जित्यौ? हेक्का राखे हुन्छ…

Posted by Gokul Baskota on Monday, May 10, 2021