अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा सुखद लक्षण, संक्रमण दर घट्दै

भारतमा सुखद लक्षण, संक्रमण दर घट्दै


काठमाडौं – भारतमा कोभिड–१९ संक्रमणदर आज पनि ओरालो लागेको छ ।

पछिल्लो २४ घण्टामा सोमबारको तुलनामा संक्रमितको संख्या ३७ हजारले घटेर ३ लाख २९ हजारमा झरेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ७६ जनाले ज्यान गुमाएका छन् । संक्रमणदरमा कमी आए पनि ज्यान गुमाउने दर भने खासै घटेको छैन ।

भारतका कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या हालसम्म २ लाख ५० हजार पुग्न लागेको छ ।
आइतबार ४ लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको थियो । त्यस्तै सोमबार ३ लाख ६६ हजारमा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार संक्रमण मुक्त भएका छन् । संक्रमण पुष्टि हुनेको संख्या भन्दा संक्रमण मुक्त हुनेका संख्या बढी देखिनु सुखद लक्षण भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३७ लाख १५ हजार रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङक छ ।

भारतमा हालसम्म संक्रमित हुनेको संख्या २ करोड २६ लाख नाघेको छ । जसमध्ये १ करोड ९० लाख भन्दा बढी संक्रमणमुक्त भईसकेका छन् ।

भारतमा १७ करोड २७ लाख भन्दा बढीलाई कोभिड–१९ विरुद्धको खोप दिईसकिएको छ । भारतले मे १ देखि नै १८ वर्ष भन्दा माथिका सबैलाई खोप लगाउने अभियान थालेको छ ।