बाँके- नेपालगञ्जबाट कोरोना संक्रमितको उपचारका लागि संक्रमितलाई झापा लैजानेक्रम जारी छ । आज मात्रै नेपालगञ्जबाट उपचारका लागि दुई जना संक्रमितलाई झापा लगिएको छ ।
आज नेपालगञ्जका ६१ वर्षीय र ओखलढुंगाका ५५ वर्षीय कोरोना संक्रमितलाई हेलिकोप्टरमार्फत उपचारका लागि झापा लगिएको हो ।
संक्रमित दुवै जनाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार हुनेछ ।
प्रतिक्रिया