अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल पक्षको बैठक बस्दै

माधव नेपाल पक्षको बैठक बस्दै


काठमाडौं- आगामी रणनीति बनाउन नेकपा एमालेको माधव नेपाल समूहको बैठक बस्दैछ । आज नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूबीच अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो ।

भौतिक रूपमा जम्मा भएर बैठक बस्न सम्भव नभए पनि भर्चुअल बैठक बसेर अबको निकासका सन्दर्भमा छलफल हुने एक स्थायी कमिटी सदस्यले जानकारी दिनुभयो ।

पार्टीको ह्वीप उल्लंघन गरेर मंगलबार संसदमा अनुपस्थित भए पनि एमालेले माधव नेपालसहित २८ सांसदमाथि तत्काल कारवाही नगर्ने देखिएको छ ।