अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंका विभिन्न स्थानबाट ७६५ थान अक्सिमिटरसहित ७ जना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट ७६५ थान अक्सिमिटरसहित ७ जना पक्राउ


काठमाडौं । लुकाइछिपाइ राखेको सात सय ६५ थान अक्सिमिटरसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय अपराध अनुशन्धान महाशाखा, औषधि व्यवस्था विभाग, वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंको संयुक्त टोलीले अनुगमन गर्ने क्रममा काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

उपत्यकामा निषेधाज्ञाको पालनाको अवस्था र अत्यावश्यक स्वास्थ्य सामाग्रीको बिक्रिवितरणको अवस्थाको बारेमा अनुगमन गर्ने क्रममा सो परिमाणको सामाग्रीसहित उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

पक्राउ गरिएकाहरुलाई थप अुनसन्धान गरिरहेको र कानुनी कारबाहीको प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ । सो उपकरण मानिसको शरीरमा अक्सिजनको मात्रा नाप्न प्रयोग गरिन्छ ।

अनुगमनलाई निरन्तर जारी राख्ने पनि जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।