अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वरिष्ठ नेता खनाल डिस्चार्ज

एमाले वरिष्ठ नेता खनाल डिस्चार्ज


काठमाडौं- कोरोना संक्रमण भई यस नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वस्थ भई मंगलबार डिस्चार्ज हुनुभएको छ ।

बैशाख १८ गते शनिवार नर्भिक अस्पतालमा भर्ना हुनुभएका उहाँलाई अक्सिजनको सपोर्टमा उपचार सुरु गरिएको थियो । नर्भिक अस्पतालमा भर्ना हुनुभएको भोलिपल्टदेखि नै उहाँलाई प्लाज्मा थेरापी विधिबाट समेत उपचार गरिएको थियो ।

नर्भिकमा भर्ना भएपछि उहाँको स्वास्थ्य अवस्थामा क्रमिक रूपमा सुधार भइरहेको थियो । यही क्रममा २ दिनअघि स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको थियो । चिकित्सकहरूको सल्लाहअनुसार उहाँ आज डिस्चार्ज हुन लाग्नुभएको हो ।

नेता खनालको उपचारमा नर्भिक अस्पतालका चिकित्सकहरू डा. जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको टिम संलग्न थियो ।