अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जसपा सरकार गठनमा जाँदैन : राजकिशोर यादव

जसपा सरकार गठनमा जाँदैन : राजकिशोर यादव


काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले आफूहरू सरकारमा भन्दा पनि चुनावमा जाने बताउनुभएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव समूह वैकल्पिक सरकार बनाउन जोडतोडले लागेको बेला जसपाकै महन्थ ठाकुर समूहका सांसद त्यसको विपक्षमा उभिनु भएको छ ।

कांग्रेस, माओवादीको गठबन्धनमा मिलेर जसपा सरकारमा नजाने उहाँले प्रष्ट पार्नुभयो । उपेन्द्र यादवले चाहँदैमा जसपा सरकारमा नजाने उहाँले बताउनुभयो ।

पार्टी सरकारमा नजाने भनेर राष्ट्रपतिलाई पत्राचार गरिसकिएको पनि उहाँले जानकारी दिनुभयो । ‘राजकिशोरले भन्नुभयो- ‘हाम्रो मुद्दा छुट्टैछ, सरकार गठनमा अहिले जसपा जाँदैन,’ उहाँले भन्नुभयो ।

जसपाले छलफल जारी राखेको बताउँदै उहाँले तत्काल सरकारमा जाने सम्भावना नरहेको बताउनुभयो । अहिलेको आवश्यकता सरकार गठन भन्दा पनि मधेशका मुद्दा सम्बोधन गर्नु रहेको यादवको भनाइ छ ।

वैकल्पिक सरकारले जसपाका माग पूरा गर्न नसक्ने भएकोले अबको विकल्प नयाँ जनादेश नै भएको उहाँले बताउनुभयो । ‘हाम्रा माग यो सदनले पूरा गर्न सक्दैन, त्यसैले अब देश अर्ली ईलेक्सनमा जान सक्छ,’ यादवले भन्नुभयो ।

जसपाकै तर्फबाट सोमबार अर्का अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने भन्दै कांग्रेस र माओवादीसँग मिलेर संयुक्त विज्ञप्ति जारी गर्नुभएको थियो । यादवले उपेन्द्र समूूहसँग पनि यस विषयमा छलफल चलिरहेको बताउनुभयो ।

जसपामा बाहिर देखिए जस्तो विवाद पार्टी भित्र नरहेको पनि उहाँले बताउनुभयो । ‘छलफल गरेर सबै विषय सामाधान हुनसक्छ, हामी निरन्तर वार्तामा र्छौँ, उहाँले भन्नुभयो ।