अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराजा शाह कोरोना संक्रमणमुक्त

पूर्वराजा शाह कोरोना संक्रमणमुक्त


काठमाडौं- नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्व बडामहारानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ ।

कोरोना संक्रमण भई १८ दिनअघि नर्भिक अस्पतालमा भर्ना हुनुभएको शाहलाई त्यसको केही दिनपछिदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

उहाँको अवस्थामा सुधार भएपछि केही दिनअघिदेखि नै आइसियूबाट वार्डमा सारेर उपचार जारी राखिएको छ । पछिल्लो समय उहाँलाई दिइँदै आएको अक्सिजनको मात्रा समेत घटाउँदै लगिएको छ । उहाँको अवस्थामा दैनिक र क्रमिक सुधार भइरहेको छ ।

यसैगरी, पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्थामा निकै सुधार भएको छ । उहाँको २ दिनअघि पुनः स्वाब परीक्षण गरिएको र त्यसको रिपोर्ट नेगेटिभ आएको छ ।

पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ । स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहनुभएका पूर्व राजा शाहलाई अक्सिजन दिन छाडिएको छ । उहाँको अवस्था अहिले सामान्य छ ।