अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश : जनमोर्चाका सांसद थापाले नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर नगर्ने

गण्डकी प्रदेश : जनमोर्चाका सांसद थापाले नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर नगर्ने


पोखरा- राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई समर्थन नगर्ने हुनु भएको छ ।

वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिनुभएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरूलाई ३ दिनको समय दिनुभएको थियो ।

कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरूले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए ।

कांग्रेसका १५, माओवादीका १२ र जसपाका २ जना सांसद छन् ।

बहुमतका लागि राष्ट्रिय जनमोर्चाको तीन प्रदेशसभा सदस्यको पनि हस्ताक्षर चाहिन्छ ।