अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँ सरकार बनाउन माधव समूहले सहयोग गर्छ : दिलेन्द्रप्रसाद बडू

नयाँ सरकार बनाउन माधव समूहले सहयोग गर्छ : दिलेन्द्रप्रसाद बडू


काठमाडौं- नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले कांग्रेस माओवादीलाई नयाँ सरकार बनाउन नेकपा एमालेको माधव गुटले सहयोग गर्ने बताउनुुभएको छ ।

जसपाको महन्थ ठाकुर समूूहले सहयोग नगरे नयाँ सरकार गठनमा माधव गुटले सहयोग गर्ने उहाँले बताउनुभयो । उहाँले माधव गुटसँग सहयोग लिने विषयमा कुराकानी भइरहेको बताउनुभयो ।

जसपाको एक समूूहले सहयोग नगरे सरकार गठनमा बहुमत पुुग्दैन । ‘जसपाले सहयोग नगरेपनि माधवजीबाट आशा गरेका छौँ,’ उहाँले भन्नुुभयो ।

माधव गुटसँग यस विषयमा तपाईँहरूको छलफल भएको छ त ? यो प्रश्नमा बडूले भन्नुुभयो, ‘छलफल नहुुने त कुरै भएन नी, सहयोग गर्ने विषयमा कुरा भईरहेको छ, तर, कस्तो खालको सहयोग गर्नुहुन्छ भन्ने हो, त्यसको लागि हामी जसपाको आधिकारिक निर्णय कुरीरहेका छौँ ।’

यस विषयमा महन्थ ठाकुरसँग पनि छलफल गरिहेको बताउँदै उहाँले राष्ट्रपतिले दिएको समय सिमाभित्र नै सरकार गठन गरिसक्ने बताउनुुभयो । ‘हाम्रो पहिलो प्राथमिकता माओवादी र जसपा हो, माधवजीले पनि छलफल गर्ने चासो देखाउनुु भएको छ, अनौपचारिक रुपमा छलफल भईसकेको छ, त्यसकारण सरकार गठनको लागि अनेक विकल्प देखिएका छन्,’ नेता बडूले भन्नुभयो ।

माधव गुटले राजीनामा दिएर या फ्लोर क्रस गरेर सरकार गठन गर्न सहयोग गर्ने उहाँको तर्क छ । ‘गणितीय अवस्था अनुसार कांग्रेस र माओवादीले मात्र पुग्दैन, हिजो प्रधानमन्त्रीलाई माधव गुुटले मत नदिएर हामीलाई संकेत गरेको हो, अहिले यति बुुझौँ माधवजीहरूले हामीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने विषयमा छलफल भइसकेको,’ बडूले भन्नुुभयो ।

सोमबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपीशर्मा ओलीले विश्वासको मत नपाएपछि नयाँ सरकार गठनको तयारी थालिएको छ । राष्ट्रपतिले संविधानको धारा ७६ को २ अनुसार दुई वा दुुईभन्दा बढी दललाई बहुमत पुुर्याएर सरकार गठन गर्न आह्वान गरिसक्नुभएको छ ।

सरकार गठनको लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूूहले दौडधुप थालेका छन् । तर महन्थ ठाकुर समूहले सहयोग नगरी बहुमत पुग्दैन । ठाकुर समूहले सरकारमा नजाने निर्णय गरिसकेको छ ।