अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई स्वास्थ्यमन्त्रीको चेतावनी- ‘झुटा कुरा नबोल्नू, डेटा छैन भने म दिन्छु’

प्रचण्डलाई स्वास्थ्यमन्त्रीको चेतावनी- ‘झुटा कुरा नबोल्नू, डेटा छैन भने म दिन्छु’


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरूले जथाभावी नबोल्न चेतावनी दिनुभएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा प्रचण्ड, उपेन्द्र यादवलगायतका नेताहरूले खोप खरिदमा अनियमितता भएको बताएपछि त्रिपाठीको प्रतिक्रिया आएको हो ।

‘बोल्न त बोल्नु तर बुझेर बोल्नु । डेटा छैन, समय छैन भने हामी दिन्छौं,’ उहाँको भनाइ छ, ‘अनर्गल र झुटा आत्मरतिका लागि नबोल्नु ।’

त्रिपाठीले खोप खरिदका लागि एक पैसा पनि कसैलाई कमिसन नदिएको र दिने अवस्थ पनि नरहेको बताउनुभयो ।

उहाँले सरकारले अहिलेसम्म २० लाख डोजमात्रै प्रतिडोज ४ डलरमा खरिद गरेको बताउँदै त्यसभन्दा कम कसैलै ल्याउन सक्छ भने सरकारले एक करोड डोज खरिद गर्ने जानकारी दिनुभयो ।