अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट कञ्चनपुरमा थप ११ संक्रमितको मृत्यु

कोरोनाबाट कञ्चनपुरमा थप ११ संक्रमितको मृत्यु


महेन्द्रनगर- कञ्चनपुरमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यहाँस्थित महाकाली अस्पतालमा उपचाररत् उनीहरूको मृत्यु भएको अस्पतालका कोभिड-१९ सम्पर्कव्यक्ति डा गोविन्द रोकायाले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा अहिले सङक्रमणको लक्षणसहित ८९ को उपचार भइरहेको छ । ‘अक्सिजनका भरमा सङक्रमितको उपचार भइरहेको भएपनि पूर्ण रूपमा आपूर्ती हुन सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘अक्सिजन बाहेक अन्य विकल्पमा पनि सङ्क्रमितले सोच्नुपर्ने बेला आएको छ ।’

अन्य बिधिबाट पनि अक्सिजनको स्तर सामान्य अवस्थामा आउने जनाउँदै उहाँले उपचारमा रहेका सङ्क्रमितले आत्मबल उच्च राख्नुपर्नेमा जोड दिनुभयो । जिल्लामा दैनिक रुपमा सङ्क्रमितको मृत्यु भइरहेको छ, भने संक्रमितको सङ्ख्या पनि वृद्धि हुँदै गइरहेको छ ।