अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जुटाउने कांग्रेसको निर्णय

देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जुटाउने कांग्रेसको निर्णय


काठमाडौं- नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन जुटाउन लागिपर्ने निर्णय गरेको छ ।

आज देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राष्ट्रपतिले दिएको समयसीमाभित्र देउवाको नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास लिएको सहमहामन्त्री प्रकाश शरण महतले बताउनुभयो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले माओवादी केन्द्र कांग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गर्नुभयो ।

साथै, सहमहामन्त्री महतले एमालेकै माधवकुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको दाबीसमेत गर्नुभयो ।