अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ९४८३ जनामा कोरोना पुष्टि, २२५ संक्रमितको मृत्यु

देशभर आज ९४८३ जनामा कोरोना पुष्टि, २२५ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा देशभर थप ९ हजार ४ सय ८३ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

त्यस्तै, आज २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।

त्यस्तै, गत २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालका निको हुनेको संख्या ३ लाख १ हजार २ सय १९ पुगेको छ ।