अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एकै दिन ५ हजार २२५ जनाले जिते कोरोना

एकै दिन ५ हजार २२५ जनाले जिते कोरोना


काठमाडौं- गत २४ घण्टामा देशभर ५ हजार २ सय २५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । योसँगै नेपालका निको हुनेको संख्या ३ लाख १ हजार २ सय १९ पुगेको छ ।

त्यस्तै, आज २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा ९ हजार ४ सय ८३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ ।

यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ ।