काठमाडौं– एमाले नेता पशुपति चौलागाईंको निधन भएको छ ।
कोरोना संक्रमणपछि मनमोहन अस्पतालमा उपचाररत चौलागाईंको मंगलबार साँझ निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले पुष्टि गर्नुभएको छ ।
दोलखा निवासी चौलागाईं वाग्मती प्रदेश सभा सदस्य हुनुहुन्छ ।
लामो समय एमालेको राजनीतिमा सक्रिय रहनुभएका चौलागाईं दोस्रो संविधान सभा सदस्य हुनुभएको थियो ।
प्रतिक्रिया