अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बहुमतीय सरकार बनाउने कसरतबाट बाबुराम बहिरिएको संकेत

बहुमतीय सरकार बनाउने कसरतबाट बाबुराम बहिरिएको संकेत


काठमाडौं -जनता समाजवादी पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बहुमतीय सरकार बनाउने कसरतबाट बाहिरएको संकेत गर्नुभएको छ ।
आज बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा सावर्जनिक गर्दै उहाँले एक बर्ष भित्र निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सार्नु भएको हो । नेता भट्टराईले अहिले सर्वदलीय सरकार बनाएर एकबर्ष भित्र निर्वाचनमा जानु उपयुक्त हुने बताउनुभएको छ ।
हिजो सम्म काँग्रेसको नेतृत्वमा बहुमतीय सरकार बनाउन लागि पर्नु भएका भट्टराईको धारणा आज बिहानै देखि बदलिएको हो । उहाँले नयाँ बन्ने सरकारमा वर्तमान र पूर्व प्रधानमन्त्री भन्दा बाहिरका व्यक्तिको खोजी हुनुपर्ने पनि प्रस्ताव अघि सार्नु भएको छ । उक्त सरकारले कोरोना नियन्त्रण,युद्धकालिन मुद्धाको समबोधन लगायतका न्यूनतम साझा कार्यक्तम अघि सार्नु पर्ने पनि बताउनुभएको छ ।