धनगढी– सुदूरपश्चिम प्रदेश सभाका उपसभामुख निर्मला बडाल जोशीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
स्वकीय सचिव हरिश भट्टका अनुसार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा मंगलबार संक्रमण पुष्टि भएको हो ।
अहिले उहाँ होम आइसोलेसनमा रहनुभएको र स्वास्थ्य सामान्य रहेको भट्टले जानकारी दिनुभयो ।
प्रतिक्रिया