काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एमाले)का केन्द्रीय सदस्य, संविधानसभा सदस्य तथा वागमती प्रदेशसभाका सदस्य पशुपति चौलागाईंको निधनको खबरले आफूलाई अत्यन्त दुःखित तुल्याएको बताउनुभएको छ ।
बुधबार एक शोक सन्देश जारी गर्दै प्रधानमन्त्रीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान नेतालाई गुमाउन पुगेको तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको उल्लेख गर्नुभएको छ । नेकपा (एमाले)को नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उहाँले पु¥याउनु भएको योगदानलाई पार्टीले सधैं स्मरण गर्ने प्रधानमन्त्रीको भनाइ छ ।
प्रधानमन्त्रीले चौलागाईंप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकमा पर्नु भएका आफन्त, परिवारजन र शुभेच्छुकप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।






प्रतिक्रिया