अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पशुपति चौलागाईँको शोकमा एमालेको झण्डा आधा झुकाइने

पशुपति चौलागाईँको शोकमा एमालेको झण्डा आधा झुकाइने


काठमाडौं- नेकपा एमालेका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईँको निधनको शोकमा नेकपा एमालेले पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बुधबार शोक वक्तव्य जारी गरी पार्टी केन्द्रीय कार्यालयको झण्डा बुधबारदेखि तीन दिनसम्म आधा झुकाउने बताउनु भयो ।

यसैगरी पार्टी केन्द्रीय कार्यालयमा तीन दिन शोक पुस्तिका राखिने उहाँले जानकारी दिनुभयो । चौलागाईँ प्रति श्रद्धाञ्जली दिन चाहानेले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा गएर श्रद्धाञ्जली दिन सकिने उहाँले बताउनुभयो ।

पार्टीका देश भरका जिल्ला कार्यालयमा पनि पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाइने छ ।

कोभिड संक्रमण भएपछि उपचार गराई रहनुभएका चौलागाईँको गएराति काठमाडौंको मनमोहन अस्पतालमा निधन भएको थियो । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।