अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु

बाँकेमा थप ११ कोरोना संक्रमितको मृत्यु


नेपालगञ्ज- बाँकेका विभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण अस्पताल कोहलपुरमा पाँच गरी ११ को उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत गुलरिया नगरपालिका-९ बर्दिया निवासी ४७ वर्षीया महिला, वनगाडकुपिण्डे नगरपालिका सल्यान निवासी ५० वर्षीय पुरुष, नेपालगञ्ज उपमहानगरपालिका-५ निवासी ४४ वर्षीय पुरुष, नेपालगञ्ज-१६ निवासी ४९ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका-६ निवासी ५५ वर्षीय पुरुष र बढैयाताल गाउँपालिका बर्दिया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कैलाली घोडाघोडी नगरपालिका-१ निवासी ६० वर्षीय पुरुष, कोहलपुर नगरपालिका-२ निवासी ३० वर्षीया महिला, कोहलपुर-१० निवासी ४५ वर्षीया महिला, कोहलपुर-११ निवासी ४१ वर्षीय पुरुष र कोहलपुर-१४ निवासी ६४ वर्षीया महिलाको पनि गए राति मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या जिल्लाभित्रका २०४ र बाहिरी जिल्लाबाट उपचार गराउन आएका १५७ गरी ३६१ जना पुगेको छ ।