अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री नियुक्त

पृथ्वीसुब्बा गुरुङ दोस्रोपटक मुख्यमन्त्री नियुक्त


पोखरा– गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ फेरि मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।

मुख्यमन्त्रीमा कांग्रेस नेतृत्वको चारदलीय गठबन्धनले बहुमत पुर्‍याउन नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले प्रदेशसभामा ठूलो दलको हैसियतमा एमालेका संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । गुरुङले बुधबारै सपथ लिनुभएको छ ।

प्रदेश प्रमुख कार्यालयले ३१ जनाको हस्ताक्षर नपुगेको र चारै दलको आधिकारिक पत्र पनि नआएको भन्दै गुरुङलाई नै मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

चार दलले बहुमत दाबीसहित प्रदेशप्रमुख समक्ष पत्र दर्ता गराएपछि राष्ट्रिय जनमोर्चाका ३ मध्ये २ सांसदले आफुहरु विपक्षी गठबन्धनमा नरहेको पत्र प्रदेश प्रमुखकहाँ लगेका थिए ।