अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा आजबाट निषेधाज्ञामा थप कडाइ,अत्यावश्यक बाहेकका कार्यलय पनि बन्द

काठमाडौंमा आजबाट निषेधाज्ञामा थप कडाइ,अत्यावश्यक बाहेकका कार्यलय पनि बन्द


काठमाडौं -उपत्यकामा आजबाट नयाँ नियम सहित निषेधाज्ञा लागू गरिएको छ । हाललाई यो निषेधाज्ञा जेठ १३ गतेसम्मलाई तोकिएको छ । यसअवधिमा अत्यावश्यक सेवा बाहेकका कार्यालयहरू पनि बन्द गरिएको छ ।

जिल्ला प्रशसन कार्यलय काठमाडौंले राजधानीमा कोरोनाको प्रकोप बढ्दै गएकोले थप कडाइका साथ निषेधाज्ञा जारी गर्नु परेको हो ।
औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि तथा अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति आजबाट घर बाहिर निस्किन पाउने छैनन् ।

निषेधाज्ञाको अवधिभर अत्यावश्यक सेवाको कार्यालयबाहेक अन्य सबै जिल्लास्थित कार्यालय बन्द गर्न÷गराउन आदेश जारी गरिएको छ । अत्यावश्यक सेवाका कार्यालयलाई सेवा प्रवाहमा कुनै व्यवधान आउन नदिइ न्यूनतम जनशक्तिमा काम गर्न भनिएको छ ।

प्रमुख जिल्ला कालिप्रसाद पराजुलीका अनुसार यसपालि निषेधाज्ञामा बिहान १० बजेसम्म अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय रखाद्य सामग्री मात्र बिक्री गर्ने प्रयोजनका लागि मात्र डिपार्टमेन्टल स्टोर्स खुला हुने छन् ।

यस अवधीमा सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बढीमा २ जना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै उक्त कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने आदेशमा भनिएको छ ।