अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठवन्धन सरकार बनाउने आज अन्तिम दिन

गठवन्धन सरकार बनाउने आज अन्तिम दिन


काठमाडौं -नेपाली कांग्रेस र माओवादी केन्द्रले गठवन्धन सरकार बनाउन आज अन्तिम प्रयास गर्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले गठवन्धन सरकार बनाउन आज राति नौ बजेसम्मको समय दिनुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत पाउन असफल हुनुभएपछि नयाँ सरकार गठनका लागि आव्हान गरिएको थियो ।

नयाँ सरकार बनाउन कांग्रेस र माओवादी नेताहरुले जनता समाजवादी पार्टीलाई मनाउन प्रयास गर्दै आइरहेका छन् । तर, संस्थापन महन्थ ठाकुर पक्ष भने गठवन्धन सरकारको पक्षमा रहेको छैन । सो पक्ष आमचुनावमा जानुपर्छ भनिरहेको छ ।

आज राति नौ बजेभित्र संविधानको धारा ७६ को उपधारा दुई अनुसार गठवन्धन सरकार बन्न नसकेको अवस्थामा सबैभन्दा ठूलो दल नेकपा एमालेको नेतृत्वमा अल्पमतको सरकार बन्नेछ । अल्पमतको सरकारले ३० दिनभित्र विश्वासको मत पाउन नसकेमा प्रतिनिधि सभा भंग भई आमचुनाव हुनेछ ।