काठमाडौं– नेकपा एमालेले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गरेको छ ।
स्थायी कमिटीको बिहीबार बिहान बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले जानकारी दिनुभयो ।
समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपालसहित रावल, पाण्डे र भूसाललाई एमालेले ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।
गठबन्धन सरकार गठनको समय सकिदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा समसामियक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ ।
प्रतिक्रिया