काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच केही बेरमा भेटघाट हुने भएको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार प्रधानमन्त्री ओलीले नेता नेपाललाई भेट गरौँ भन्नुभएको छ ।
‘केपी कमरेडले माधव कमरेडलाई भेटौँ भन्नुभएको छ । माधव कमरेडले केहीबेरमा खबर गर्छु भन्ने उत्तर दिनुभएको छ,’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो, ‘उहाँको खबर आएपछि आजै दुई जना नेताहरूको भेट हुन्छ र विवाद समाधानको सहमतीय विन्दुका आधारहरू तय हुन्छन् ।’
प्रतिक्रिया