अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामूहिक राजीनामा हाम्रो माग र उद्देश्य होइन, सुदृढ पार्टी चाहन्छौँ : गोकर्ण विष्ट

सामूहिक राजीनामा हाम्रो माग र उद्देश्य होइन, सुदृढ पार्टी चाहन्छौँ : गोकर्ण विष्ट


काठमाडौं- नेकपा एमालेका नेता गोकर्ण विष्टले चार नेता माथिको कारबाही फिर्ता लिने निर्णय सकारात्मक भएको बताउनुभएको छ ।

निलम्बन फिर्ताले संवाद र एकताको वातावरण तयार भएको उहाँले बताउनुभयो ।

‘यो निर्णयबाट संवाद र एकताको वातावरण सकारात्मक दिशामा जाला भन्ने आशा गर्न सकिन्छ, त्यसैले यो एक हदसम्म सकारात्मक छ’, सांसद विष्टले भन्नुुभयो, ‘हाम्रो माग भनेको पार्टीको पूरा प्रणाली जेठ २ मा फर्किनु पर्छ भन्ने हो, त्यसको लागि वातावरण तयार भएको छ ।’

आफूहरूको उद्देश्य सामूहिक राजीनामा नभएको उहाँले बताउनुुभयो । ‘सामूहिक राजीनामा हाम्रो माग र उद्देश्य केही पनि होइन, हामी सुदृढ पार्टी चाहन्छौँ,’ सांसद विष्टले भन्नुभयो ।

उक्त निर्णयले पार्टीलाई एकढिक्का बनाउन ऊर्जा दिने विष्टको बुुझाइ छ । ‘यो एकतावद्ध एमालेका लागि भएको एक प्रयास हो, यसलाई सकारात्मक निष्कर्षमा पुर्‍याउनु पर्छ’, उहाँले भन्नुभयो ।

नेकपा एमाले स्थायी कमिटीको आज बसेको बैठकले पार्टीबाट ६ महिनाको लागि निलम्बन गरेका नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।