अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री र नेता नेपालबीच भेटवार्ता सुरू

प्रधानमन्त्री र नेता नेपालबीच भेटवार्ता सुरू


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ ।

प्रधानमन्त्री र नेता नेपालबीचको भेटवार्ता बुढानिलकण्ठस्थित व्यवसायी तथा क्याप्टेन रामेश्वर थापाको घरमा सुरू भएको हो ।

स्रोतका अनुसार छलफलका लागि प्रधानमन्त्री एक घण्टा अगाडि वालुवाटरबाट बाहिरिनु भएको थियो ।

नेपाल पक्षका सांसदले पदबाट राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री र नेपालबीचको भेटवार्ता भएको हो ।

आज बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरेर भेट गर्नका लागि प्रस्ताव गर्नु भएको थियो ।