अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनुषामा थप १० दिन लम्बियो निषेधाज्ञा

धनुषामा थप १० दिन लम्बियो निषेधाज्ञा


धनुषा-धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरिएको छ । वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिनुभयो । कोरोनाको दोश्रो लहरमा गएको वैशाख २१ गतेदेखि भोलिसम्मका लागि निषेधाज्ञा तोकिएको थियो ।

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

प्रदेश २ मा भोलि सार्वजनिक बिदा हुने भएको छ । मुस्लिम धर्मावलम्बीहरूको महान पर्व इद उलफित्रको अवसरमा प्रदेश २ सरकारले वैशाख ३१ गते शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

कोरोना महामारीको दोस्रो लहर तीव्र गतिमा फैलिरहेकोले यसवर्ष घरमै सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालन गरी पर्व मनाउन समेत अपिल गरिएको छ ।