अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा र प्रचण्डबीचको भेटवार्ता सकियो

देउवा र प्रचण्डबीचको भेटवार्ता सकियो


काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीचको भेटवार्ता सकिएको छ । देउवा निवास बुढानिलकण्ठ केही बेरअघि सकिएको हो ।

संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा दलको समर्थनमा सरकार गठन गर्न देउवा र प्रचण्ड दौडधुपमा हुनुहुन्छ । यद्यपि आजको बैठक पनि फलदायी नभएको बताइएको छ । बहुमत नपुग्ने भएपछि प्रचण्ड निराश भएर देउवा निवासबाट बाहिरिनु भएको छ ।

‘हामीले कोसिस गरिरहेकै छौँ । तर। बहमुत पुग्ने अवस्थामा देखिएको छैन । यस्तो अवस्थामा कसरी दाबी गर्नु?अझै छलफलमै छौँ, ठेगान छैन,’ कांग्रेसका एक नेताले भन्नुभयो ।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षलाई विश्वासमा ल्याउन प्रयास गरे पनि देउवा-प्रचण्ड सफल हुन सक्नु भएको छैन । गठबन्धन सरकार दाबी गर्न राष्ट्रपति दिएको तीन दिनको समय बिहीबार राति ९ बजे सकिँदैछ ।