अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ता हुँदैन : ऐन महर

पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ता हुँदैन : ऐन महर


काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष ऐन महरले पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ताको हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत् आज उहाँले यस्तो बताउनुभएको हो । ‘पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ताको कुनै सम्भावना छैन,’ अध्यक्ष महरले फेसबुकमा लेख्नु भएको छ ।

केही महिनाअघि अनेरास्ववियुले निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो ।

संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको थियो ।

आज नेकपाको स्थायी कमिटी बैठकले माधव नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

समानान्तर गतिविधि गर्दै आएको समूहका नेता माधवकुमार नेपालसहित रावल, पाण्डे र भूसाललाई एमालेले ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो ।

नेकपा स्थायी कमिटी बैठकले चार नेताहरूको कारबाही फुकुवा गर्ने निर्णय गरे पनि अनेरास्ववियुका अध्यक्ष महरले भने अनेरास्ववियुको कारबाही फिर्ताको कुनै सम्भावना नरहेको बताउनुभएको छ ।