काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज साँझ पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो ।
नयाँ सरकार गठनबारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर फर्किएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले स्थायी कमिटी बैठक बोलाउनुभएको हो ।
संविधानको धारा ७६ को २ अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन केही घन्टा मात्रै बाँकी रहेका संसदको तेस्रो ठूलो दल माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।







प्रतिक्रिया