काठमाडौं- वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले ग्यास पड्किएर घाइते एक परिवारलाई आज आर्थिक सहयोग गर्नुभएको छ ।
मन्त्री आलेले नेपाली सेनामा कार्यरत डोटीको शिखर नगरपालिका–६ का टेकबहादुर मल्लको परिवारलाई २५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
मल्लको काठमाडौं महानगरपालिका-२८ स्थित कोठामा यही वैशाख १९ गते ग्यास पड्किएर आगलागी हुँदा उहाँका बुबा, श्रीमती र छोराछोरी घाइते हुनाका साथै भौतिक सम्पति नष्ट भएको थियो ।
मल्ल परिवारको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ । नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शेरबहादुर मल्लले घटनाबारे जानकारी गराएपछि मन्त्री आलेले सहयोग गर्नुभएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।
प्रतिक्रिया