अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमेरिकाद्वारा नेपालका लागि थप ३२ करोड बराबरको सहयोग घोषणा

अमेरिकाद्वारा नेपालका लागि थप ३२ करोड बराबरको सहयोग घोषणा


काठमाडौं- अमेरिकाद्वारा कोभिड-१९ विरुद्ध लड्नका लागि नेपाललाई थप ३२ करोड रुपैयाँ बराबरको सहयोग घोषणा गरेको छ ।

अमेरिकी इन्डो-प्यासिफिक कमाण्डले कोभिड-१९ विरुद्ध लड्नका लागि अक्सिजन प्लान्ट बनाउन, सिलिन्डर खरिद गर्न र भण्डारण ट्याङक आदि बनाउनका लागि थप सहयोग गरेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

कमान्डले सन् २०२० यता मात्रै नेपालका लागि ५८ लाख डलर भन्दाबढी सहयोग गरिसकेको जनाएको छ । अमेरिकी सहयोग नियोग यूएसएआईडी र विभिन्न अमेरिकी एजेन्सीले नेपालका लागि हालसम्म ५१ मिलियन भन्दाबढी सहयोग गरेको जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्ध लड्नका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोग माग्नु भएको छ । चीन, अमेरिका लगायत देशबाट सहयोग प्राप्त भइरहेको छ ।