अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता दौडको अन्तिम क्षणमा देखिए यस्ता दृष्य

सत्ता दौडको अन्तिम क्षणमा देखिए यस्ता दृष्य


काठमाडौं- नयाँ सरकार बनाउने दौड अन्तिम विन्दुमा पुग्न लागेको बेला कांग्रेसले पदाधिकारी बैठक राखेको छ भने माओवादी केन्द्रले स्थायी समिति बैठक राखेको छ । उता, एमालेले बिहान स्थायी समिति बैठक राखेर सत्ता दौडमा अर्थपूर्ण कदम चाल्दै चार नेताको निलम्वन फुकुवा गरेको छ ।

कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको हो भने माओवादीको बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको हो ।

सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टीको भने चरम विवादका कारण बैठक नै बसेको छैन । सो पार्टीको अध्यक्ष मण्डल, सचिवालय, केन्द्रीय समिति कुनैको पनि बैठक बसेको छैन ।

प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने हुँदा जसपाले विभाजित भएरै भाग लिएको थियो । जसपाको उपेन्द्र खेमाले प्रधानमन्त्रीको विपक्षमा मत दिएको थियो भने महन्थ ठाकुर खेमा तटस्थ बसेको थियो ।

जसपाभित्रको आधा हिस्सा तटस्थ बसिदिनाले कांग्रेस माओवादीले सरकार गठन गर्न नसक्ने अवस्था आएको छ । तैपनि कांग्रेस र माओवादीले आज राति नौ बजे अगावै राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन दावी गर्ने भएका छन् । उनीहरूले जसपाका उपेन्द्र यादवको पनि हस्ताक्षर सहितको पत्र राष्ट्रपतिलाई दिन लागेका हुन् ।

जसपाका प्रथम अध्यक्ष भने महन्थ ठाकुर हुनुहुन्छ । महन्थ सहभागी नभएको गठवन्धनलाई राष्ट्रपति भण्डारीले मान्यता दिनुहुने सम्भावना लगभग नरहेको बताइन्छ । त्यो अवस्थामा राति नौ बजेपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पुन प्रधानमन्त्री नियुक्त हुनुहुनेछ ।