अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर आज ८९६० जनामा कोरोना, २१४ संक्रमितको मृत्यु

देशभर आज ८९६० जनामा कोरोना, २१४ संक्रमितको मृत्यु


काठमाडौं- गत २४ घण्टामा देशभर ८ हजार ९६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पीसीआर विधि र एन्टिजन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१४ जनाको कोभिड-१९ बाट मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म चार हजार ४६६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३१ हजार १९१ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर आज ५ हजार ५५ जना निको भएका छन् । हाल कूल ७४ दशमलव ६ प्रतिशत बराबरको निको हुने दर देखिएको छ ।

हालसम्म तीन लाख २१ हजार ५१८ जना निको भएका छन् । मन्त्रालयका अनुसार कूल २७ लाख १२ हजार ५६२ जनाको रियल टाइम पीसीआर गरिएको छ ।

यस्तै, मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख ५ हजार २०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३१ हजार ७३ जना छन् भने एक लाख २४ हजार ४५३ जना निको भएका छन् ।

यस्तै, एक हजार सात जनाको निधन भएको छ ।

भक्तपुरमा कूल चार हजार ७५३ जना सक्रिय संक्रमित छन् भने १० हजार ६१४ जना निको भएका छन् भने २०१ जनाको निधन भएको छ । विवरण अनुसार ललितपुरमा कूल छ हजार ८४० जना सक्रिय संक्रमति रहँदा १९ हजार २१५ जना निको भएका छन् भने २७२ जनाको ज्यान गएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ७३३, भक्तपुरमा ३४८ र ललितपुरमा ४८१ संक्रमित थपिएका छन् ।