अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ओली–नेपाल वार्ता अपडेट : उच्चस्तरीय समझदारी बनाउने तयारी, राजीनामाबाट नेता नेपाल पछि हट्नुभयो

ओली–नेपाल वार्ता अपडेट : उच्चस्तरीय समझदारी बनाउने तयारी, राजीनामाबाट नेता नेपाल पछि हट्नुभयो


काठमाडौं– एमाले विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपाल बीचको वार्ता सकारात्मक मोडमा अघि बढेको छ ।

४ घण्टादेखि बुढानिलकण्ठस्थित पाइलट क्या. रामेश्वर थापाको बुढानिलकण्ठस्थित निवासमा वार्ता चलिरहेको छ ।

निकट स्रोतका अनुसार दुई शीर्ष नेताबीच उच्चस्तरीय समझदारी बनाएर सबै समस्या हल गर्ने विषयमा छलफल भइरहेको छ । नेता नेपालले पार्टीलाई २०७५ को जेठ २ गतेको अवस्थाबाट अघि बढाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । जेठ २ भन्दा धेरै परिस्थिति अघि बढेकोले अब नयाँ समझदारी निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले २०७५ को जेठ २ गते जाँदा एमालेमा रहनुभएका माओवादी केन्द्रका नेताहरुको भावनामा ठेस पुग्ने भन्दै त्यसमा सचेत हुनुपर्ने बताउनुभएको छ । रामबहादुर थापा बादलसहितका पूर्वमाओवादी नेताहरुलाई पार्टीले महत्वपूर्ण जिम्मेवारी दिइसकेको छ ।

नेता नेपाल सांसदहरुको सामूहिक राजीनाबाट पछि हट्नुभएको बताइएको छ ।