अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चपली हाइटमा प्रधानमन्त्री ओली र नेता नेपालबीच चार घण्टा वार्ता

राजीनामा दुई-चार दिनलाई टर्‍यो : माधव नेपाल

राजीनामा दुई-चार दिनलाई टर्‍यो : माधव नेपाल


काठमाडौं– एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुको राजीनामा दुई चार दिनलाई टरेको बताउनुभएको छ ।

काठमाडौंको चपली हाइटस्थित क्या. रामेश्वर थापाको निवासमा भएको चार घण्टा लामो वार्तापछि बाहिरिनुभएका नेता नेपालले राजीनामा दुई चार दिनलाई टरेको प्रतिक्रिया दिनुभयो । उहाँले फागुन २८ गतेको निर्णय फिर्ता गर्दै २०७५ जेठ २ गते फर्कने विषयमा प्रधानमन्त्री सकारात्मक रहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री भने कुनै प्रतिक्रिया नदिई फर्कनुभएको थियो ।

नेता नेपालले दुई दिनअघि सारेको ६ बुँदे विषयमा आफ्नो अडान यथावत् रहेको उल्लेख गर्नुभयो ।

वार्तामा दुई नेताबीच उच्च स्तरीय समझदारी बनाउने निर्णय भएको छ । यसैगरी पार्टीको विवाद हल गर्नका लागि एउटा कार्यदल बनाउने सहमति भएको छ ।

पत्रकारसँग नेता नेपालले राख्नुभएको प्रतिक्रिया जस्ताको जस्तै
हामी दुई जनाले पार्टीभित्रको समस्याका बारेमा आ–आफ्ना सोचाइ राख्यौं । मैले वैशाख २६ गते कमरेड अध्यक्षलाई पठाएको पत्र ६ बुँदे पत्रका विषयमा छलफल गरियो । फागुन २८ पछि का निर्णय फिर्ता गर्ने, सर्वोच्चको फैसलाअनुसार २०७५ जेठ २ मा पुर्‍याउने विषयमा सकारात्मकरुपमा कुरा जारी छ । आज राजीनामा दिने कुरा थियो, त्यो भएन । राजीनामा दुई चार दिनलाई टर्‍यो । कुरा पोजेटिभ कुरा भएको छ । अब कार्यदल बन्छ । मिल्ने दिशामा अघि बढेका छौं । सहमतिका आधारमा अघि बढ्ने कुरा भएको छ ।