अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति कार्यालयले भन्यो– ‘प्रधानमन्त्री दाबी गर्न कोही आएनन्’

राष्ट्रपति कार्यालयले भन्यो– ‘प्रधानमन्त्री दाबी गर्न कोही आएनन्’


काठमाडौं– राष्ट्रपतिको कार्यालयले तोकिएको ७२ घण्टाभित्र कुनै पनि दलले प्रधानमन्त्रीमा दाबी गर्न नआएको जनाएको छ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले निर्धारित समयमा संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतसहित कसैले दाबी पेश नगरेको विज्ञप्तीमार्फत जानकारी दिनुभएको छ ।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाका सदस्यलाई मिति २०७८/१/३० गते बिहीबारका दिन साँझको ९.०० बजेभित्र नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनको लागि आफ्नो दाबी पेश गर्न आह्वान भएकोमा उक्त समयावधिभित्र कसैको पनि दाबी पेश हुन नआएको व्यहोरा अनुरोध छ,’ विज्ञप्तीमा लेखिएको छ ।